टोकियो,
असार १७
जापानले सोमबार एच–थ्री रकेटको सफलतापूर्वक
प्रक्षेपण गरेको छ ।
जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी
(जाक्सा) का अनुसार ‘एच–थ्री नम्बर थ्री’ रकेट दक्षिणपश्चिमी जापानी टापुमा रहेको
तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट उडेको थियो र करिब १६ मिनेटपछि यसको ‘पे लोड’ लाई
लक्षित कक्षमा राखिएको थियो ।
याे रक्षा मन्त्रालयले विकास गरेको
इन्फ्रारेड सेन्सरको साथ मिसाइल प्रक्षेपणजस्ता सैन्य गतिविधिहरूको निगरानी गर्न
पनि सक्षम छ ।
जाक्साका
अध्यक्ष हिरोशी यामाकावाले सोमबारको सफल प्रक्षेपणलाई अन्तरिक्षमा जापानको पहुँच र
अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सुनिश्चित गर्ने दिशामा ‘पहिलो बृहद् कदम’
भएको बताएका छन्। “मलाई विश्वास छ लगातार भएका दुई सफल उडानहरूले देश भित्र र
बाहिरबाट विश्वास प्राप्त गर्नेछ ।
जाक्साका
एचथ्री प्रोजेक्ट म्यानेजर माकोटो अरिटाले यो मिसन लगभग पूर्ण रुपमा सफल भएको बताए
।
एएलओएस–४
हालको एएलओएस–२ को उत्तराधिकारी हो र यसले धेरै व्यापक क्षेत्र अवलोकन गर्न सक्छ ।
जापानले तत्कालका लागि दुवै उडानलाई जारी राख्नेछ ।
फेब्रुअरी
१७ मा सफल प्रक्षेपणपछि एच–३ प्रणालीको यो तेस्रो प्रक्षेपण थियो । जाक्साको आश्चर्यजनक
असफल पहिलो पहिलो रकेट यात्रालाई एक वर्ष पहिले रकेटको ‘पे लोड’को साथ नष्ट
गर्नुपरेको थियो ।