कार्यवाहक प्रधानमन्त्री सिंहले विद्यालय शिक्षा विधेयक बारे सरोकारवालासँग छलफल गर्ने

Jhalkonepal

काठमाडौँ, चैत २१

आज दिउँसो ४ बजे कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विद्यालय शिक्षा विधेयक बारे सरोकारवालासँग छलफल गर्ने भएका छन् । विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै शिक्षक कर्मचारीहरूले सडक आन्दोलन गरेपछि विधेयक बारे छलफल गर्ने भएका हुन् ।

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, संसद्को शिक्षा समिति सभापति लगायतको उपस्थिति रहनेछ । आन्दोलनर शिक्षकहरुले ऐन जारी नगरेसम्म आन्दोलन नरोकिने बताउँदै आएका छन् । उनिहरु विगतमा सरकारसँग भएका सहमति सम्बोधन गर्ने गरी ऐन आउनु पर्ने माग राखेर आन्दोलनमा उत्रिएका हुन ।

प्रतिक्रिया