काठमाण्डौ , फागुन २८
राष्ट्रिय सभाका अध्यक्षको भोलि हुने चुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयका
अनुसार आज बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ।
साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।
राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेस र सत्ता गठबन्धनबाट नेकपा माओवादी
केन्द्रबीच प्रतिस्पर्धा हुँदैछन् । दुवै दलले आआफ्ना उम्मेदवार उठाउने निर्णय
गरिसकेका छन् । माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको
उम्मेदवार बनाउने निर्णय गरेको छ ।
२७ फाल्गुण २०८०, सोमबार ११:५५ मा प्रकाशित