आज बिहानैदेखि कोशी प्रदेशका पूर्वी भागमा बर्षा

Jhalkonepal

काठमाडौं, असाेज १७

 पूर्वी र मध्य क्षेत्रमा वर्षा भइरहेको छ ।

आज बिहानैदेखि कोशी प्रदेशका पूर्वी भाग, काठमाडौं उपत्यका र आसपासका जिल्लामा वर्षा भइरहेको छ ।इलाम, झापा, मोरङ, काठमाण्डौ, म्याग्दी लगायतका ठाउँमा पानी परेको हो ।झापाको अनरमनी बिरता, शनिश्चरे, बाहुनडाङ्गी, इलामको कन्याम टिस्टेट, बरफल्याङ, पाँचथरको फिदिम, मोरङको बाहुने र आसपास सामान्यदेखि मध्यम वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी क्षेत्रहरू भई बहने कन्काइ नदी, हेवा खोला, पूवा खोला, माई खोला, अदुबा खोला, बाहुने खोला लगायत अन्य स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने रहेकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । वर्षा मध्यमदेखि भारी खालको छ ।आज दिउँसोतिर वर्षा केही बढ्न सक्ने सम्भावना छ ।

 

प्रतिक्रिया