काठमाण्डौं, जेट
१२
कंचनपुरका पुर्वपत्रकार धीरेन्द्र सिनालले लेखेको पुस्तक
भुक्तमान आज सार्वजनिक गरिएको छ । काठमाण्डौंको बुकमण्डलामा आज एक कार्यक्रमका विच
पुर्व स्वास्थ्य राज्यमन्त्री तथा सांसद डा. तोशिमा कार्की र डा. अनुप सुवेदीले
पुस्तकको समिक्षा गर्दै पुस्तकलाई सार्वजनिक गर्नुभएको छ । नेपालको स्वास्थ्य
सेवामा आम नागरिकको पहुँच कति कठिन छ भन्ने कुरालाई मुख्य रुपमा उठाएको पुस्तकका
लेखकले आफ्नै जिवनमा घटेका घटनाहरुको फेहरिस्त मार्फत राज्यको अनुहार देखाउनुभएको
छ ।
पुस्तकको बारेमा आफ्ना धारणा राख्दै सांसद, डा.
तोशिमा कार्कीले यो पुस्तक नेपालका सबै चिकित्सक, नीति निर्माता र हरेक श्रीमानले पढ्नै
पर्ने बताउनु भयो । नीति बने पनि त्यसलाई कार्यान्वयन गर्न राज्य चुकेकोले धेरै
भुक्तमानको कथा यो पुस्तकमा समेटिएका वहाँले बताउनु भयो । आफु एउटा डाक्टर पनि
भएकोले यस पुस्तकले उठाएको विषयवस्तुलाई निकै नजिकबाट बुझ्न सकेको वहाँले बताउनु
भयो । यस्तै डा. अनुप सुवेदीले पनि यसले चिकित्सकहरुलाई फरक रुपमा
ब्यबहार गर्न सिकाएको बताउदै, चिकित्सा शिक्षामा, मेडिसिनको
साथै मानवीकी पनि अध्यापन गराउनु पर्ने र त्यसको लागि भुक्तमान एउटा सन्दर्भ
सामग्री हुने सक्ने बताउनु भयो ।
यो पुस्तक किन लेख्नु भयो भनेर गरिएको प्रश्नमा पुस्तकका लेखक
धीरेन्द्र सिनालले राज्यको गैर जिम्मेवारी र अकर्यमण्डताका कारण आफुले बच्चा, श्रीमती
र बुवालाई गुमाएकोले राज्यसंग प्रश्न सोध्न पुस्तक लेखेको बताउनुभयो । उहाँले
सरकार स्वमंले पनि स्वास्थ्यको ब्यापार गरेको औल्याउदै, सरकारले
भनेका निशुल्क स्वास्थ्य सेवाको कार्यान्वनमा हुने प्रकृयागत झमेला र
प्रभावकारीतामा प्रश्न उठाए । नेपालमा महिलाको स्वास्थ्य उपचार अहिले पनि दोस्रो
प्राथमिकतामा पर्ने सामाजिक यर्थातलाई औल्याउदै, प्रत्यारोपण जस्तो सेवाको तथ्यांक देखाउदै, ८०
प्रतिसत भन्दा वढि पुरुषले अंग प्रत्यारोपण गर्दा २० प्रतिसत मात्र महिलाको
प्रत्यारोपण हुने तथ्य प्रस्तुत गर्नुभयो । यसको लागि सरकारले जनचेतनाका कार्यक्रम
अगाडी बढाओस भन्ने समेत उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रमका बोल्दै सांसद डा. तोशिमा कार्कीले यस पुस्तकले
आफुलाई थप शसशक्त रुपमा ससदमा भुक्तमानहरुको आवाज उठान गर्न प्रेरित गरेका धारणा
राख्नु भयो ।
सांग्रीला बुक्लसले प्रकासन गरेको भुक्तमान पुस्तकका लेखक
धीरेन्द्र सिनालले केही समय पहिले श्रीमती गुमाएका भएको थियो ।