सुदूरपश्चिममा बजेट होली डे अझै कायम

Jhalkonepal

धनगढी, सावन २६ 

सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षका लागि प्रदेश सभामा प्रस्तुत गरिएको बजेट अझै पारित भएको छैन्। नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएपछि मात्र सुदूरपश्चिम प्रदेश सरकारको बजेट शून्यताको अवस्था अन्त्य हुने दाबी गरिएको छ। तत्कालिन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा नेकपा एमालेबाट आर्थिक मामिलामन्त्री रहेका सुरेन्द्रबहादुर पालले चालु आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट निर्धारित समयभित्र पास नभएपछि शून्यतामा गएको हो।

यसै विच सुदुरपश्चिम सरकारले अध्यादेश जारि गरि कर संकलनको काम शुरु गरेको छ । उक्त अध्यादेश प्रदेश प्रमुखबाट बिहीवार नै प्रमाणीकरण भइसकेको छ। अध्यादेश प्रमाणीकरणसँगै आर्थिक वर्ष २०८१र८२ को बजेट पारित हुन नसकेर रोकिएको प्रदेश सरकारको कर सङ्कलन सम्बन्धी काम भने हिजोदेखि अघि बढेको छ। 

 सरकारले अध्यादेश जारी गरेर कर संकलनको वातावारण बनाए पनि बजेट शून्यताको अवस्था भने अझै अन्त्य भएको छैन्।

बजेट पारित हुन नसकेर प्रदेश सरकार मातहतका कार्यालयको कर संकलन लगायतको काम ठप्प भएको थियो।

सोडारी सरकारमा सहभागि एमालेले तत्कालिन अवस्थामा समर्थन फिर्ता लिएपछि चालु आर्थिक वर्षको बजेट काम नलाग्ने अवस्थामा पुगेको छ। मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गरेपछि मात्र बजेट शून्यताको अवस्था अन्त्य हुने मन्त्रीहरुको दाबी छ।

तत्कालीन मुख्यमन्त्री सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशसभामा असार १ गते प्रस्तुत बजेट पारित हुन नसकेर अलपत्र परेको थियो। 

प्रतिक्रिया