खेलकुद, कार्तिक ९
विश्वकप क्रिकेटमा डिफेन्डिंग च्याम्पियन इंग्लैण्डको खराब प्रदर्शन जारि छ । तालिकाको आठौ स्थानमा रहेको इंग्लैण्डले प्रतियोतिगामा लगातार चौथो हार ब्यहोर्दै को छ । टस जितेर पहिले ब्याटिंग गरेको इंग्लैण्ड ३४ सौं ओभरमा १५६ रन मात्र बनाएर अलआउट भयो । इंग्लैण्डका वेनस्टोकले सर्वाधिक ४३ रन बनाए । ओपनर जोनी बास्ट्रोले ३० र डेविड मेलानले २८ रन बनाउनु बाहेक अन्य ब्याटरहरुले गतिलो प्रदर्शन गर्न सकेनन् । मोइन अलीले १५ र डेभिड विल्लीले १४ रन बनाए पनि अन्य ब्याटरहरुले दोहरो अंक छुन सकेनन् । श्रीलंकाका लहिरु कुमारले ३ विकेट लिए भने कुशन रजिजा र एन्जोलो मेथ्यूजले २,२ विकेट लिए । महिस थिक्सेनाको नाममा १ विकेट रह्यो ।
१५७ रनको लक्ष्य पछ्याउन मैदानमा आएको श्रीलंकाको पनि शुरुवात खराब नै रह्यो । टिमको स्कोर ९ रन हुदा ओपनर कुशल परेरा मात्र ४ रन बनाएर आउट भए । त्यसपछि ब्याटिंथ गर्न आएका कप्तान कुशल मेन्डिस पनि ११ रन बनाएर आउट हुदाँ टिमको स्कोर २३ रन मात्र थियो । दवावमा परेको श्रीलंकालाइ अर्का ओपनर पाथुम निशंका र मध्यक्रमका सदिरा समराविक्रमाले सतकिय साझेदारी गर्दै टिमको जित सुनिश्चित गरेका हुन । निशंकाले नट आउट ७७ रन बनाउदा सदिरा समराविक्रमाले पनि नटआउट ६५ रन बनाएर आफ्नो अर्धसतक पुरा गरेका थिए । श्रीलंकाले २५ औं ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गरि खेल जितेको हो ।
इंग्लैण्डका डेभिड विल्लीले २ विकेट लिए पनि बाकी बलरहरुले लक्ष्य जोगाउन सकेनन् ।
यो जित संगै श्रीलंकाको पनि ४ अंक भएको छ र पाकिस्तानलाइ पछि पार्दै श्रीलंका तालिकामा पाचौं स्थानमा उक्लिएको छ । इंग्लैण्ड भने तालिकाको ९ औ स्थानमा झरेको छ ।