खोखो विश्वकपको उपाधिका लागि नेपाली दुवै टिमले भारतको सामना गर्दै

Jhalkonepal

काठमाण्डौ, माघ ६

खोखो विश्वकप २०२५ को पहिलो संस्करणमा उपाधिका लागि नेपाली पुरुष र महिला टिमले आज आयोजक भारतको सामना गर्दै छन् । प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनल बेलुका ७ बजे तथा पुरुषतर्फको फाइनल खेल राति ८ः१५ बजे सुरु हुनेछ ।

दुवै खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्सको इन्डोर हलमा हुने तालिका छ । हालसम्म नेपालले कुनै पनि स्पोर्ट्स स्पर्धामा विश्वकपको फाइनल खेल्न लागेको यो पहिलोपटक हो । 

महिलातर्फ नेपाल र भारत दुव‌ै अपराजित रहँदै फाइनल खेल्न लागेका हुन् । पुरुषतर्फ भारत अपराजित रहेर फाइनल पुग्दा नेपालले समूह चरणमा भारतसँगै एक खेल हारेको थियो ।

प्रतिक्रिया