काठमाण्डौ, साउन २४
स्तनबुलबाट
आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै
लाग्दा ‘ओभरसुट’ गरेको छ ।
फ्लाइट
राडरका अनुसार बिहान ६ बजेर १० मिनेटमा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट
भएको २० मिनेटपछि अवतरण भएको थियो ।‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट
गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
एक एयर
ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको
हो ।
२३ साउन २०८१, बिहिबार ०७:२६ मा प्रकाशित