सेनाको विमान विद्यालयमा ठोक्कियो

Jhalkonepal

एजेन्सी । बाङ्ग्लादेशमा वायुसेनाको विमान एउटा विद्यालयमा ठोकिएर दुर्घटनाग्रस्त भएको अन्तरराष्ट्रिय संचार माध्यम बीबीसीले जनाएको छ । सेनाको विमान राजधानी ढाका नजिकै उत्तरास्थित माइलस्टोन स्कूल तथा कलेजको भवनमा ठोक्किएको  बाङ्ग्लादेशको सरकारले जनाएको छ । सोमवार दिउँसो भएको सो दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १५० जनाभन्दा बढी घाइते भएका छन्। अधिकांश घाइतेहरू उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी भएको बताइएको छ। दुर्घटनाका कारण शरीर जलेर घाइते भएका ७३ जनालाई अस्पतालमा भर्ना गरिएको छ।

बाङ्ग्लादेशको वायुसेनाले तालिमका लागि प्रयोग हुने आफ्नो विमान दुर्घटनामा परेको पुष्टि गरेको छ।


प्रतिक्रिया