खेलकुद, कार्तिक २४
विश्वकप क्रिकेटमा समुह चरणको अन्तिम खेलमा चमत्कारी जितको अपेक्षा सहित मैदानमा उत्रिएको अफगानिस्तान सुखद सम्झना मात्र लिएर विश्वकप बाट विदा भएको छ । जारि विश्वकपमा निकै राम्रो प्रर्दशन गरेको अफगानिस्तानले अन्तिम खेलमा भने अप्रत्यासित नतिजा निकाल्न सकेन । विश्वकप शुरु हुनु अघि निकै बलियो अपेक्षा गरिएका पुर्व विश्वच्याम्पियनहरु इंग्लैण्ड, श्रीलंका र पाकिस्तानलाई पराजित गरि इतिहास रचेर अफगानिस्तानले यात्रामा विराम लगाएको छ ।
अफगानिस्ताले दिएको २४५ रनको रन ४७.३ ओभरमा ५ विकेटको क्षतिमा पुरा गरि दक्षिण अफ्रिकाले प्रतियोगितामा सातांै जित दर्ता गर्यो । अंक तालिकामा दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले यस अघि नै सेमिफाइनलमा स्थान बनाइसकेको थियो । दक्षिण अफ्रिकाका ओपनर क्निटन डि ककले ४१ रन बनाएर र कप्तान टेम्बा बभुमाले २३ रन बनाएर ठोष शुरुवात दिलाएका थिए । दक्षिण अफ्रिकाका तर्फबाट भेन डेर डुसेनले नटआउट ७६ रन बनाए । यस्तै मार्करमले २५, केल्शनले १०, डेभिड मिलरले २४ तथा एन्डीले फेहलुक्वेले नटआउट ३९ रन बनाएर टिमको जित सुनिश्चित गरेका थिए ।
अफगानिस्तानको तर्फबाट राशिन खानले २, मोहम्मद नावीले २ र मुजिबुर रहमानले १ विकेट लिए ।
यस अघि आज टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा २४४ रन बनाएर सबै विकेट गुमायो । अफगानिस्तानको लागि सबैभन्दा बढि ओमरजाईले ९७ रन बनाए । यस्तै, रहमानुल्लाह गुरवाले २५, रहमत शाहले २६, नूर अहमदले २६, तथा इब्राहम जर्दानले १५ र रसिद खानले १४ रनको योगदान गरेका थिए ।
दक्षिण अफ्रिकाका गेराल्ड कोट्जेले ४ विकेट लिए । यस्तै लुंगी एनगिडी र केशव महाराजले २,२ तथा फेहलुक्वेले १ विकेट लिए ।