काठमाण्डाैं , चैत्र १
आगामी वैशाख १५ हुन लागेको
प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा भाग लिन २० दल
दर्ता भएका छन् । निवेदन दिनेहरुमा प्रतिनिधिसभातर्फ
२० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दल रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यका लागि मात्रै
उम्मेदवारी दिने भएको हो ।
निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिने समय फागुन ३० गतेसम्म तोकेको थियो ।
एमाले नेता सुवास नेम्वाङ निधन भएपछि इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क) मा कांग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त हुन गएकाले उपनिर्वाचन हुन लागेको हो ।
३० फाल्गुण २०८०, बिहिबार ११:०६ मा प्रकाशित