काठमाण्डौं, बैशाख २९
आइपिएल २०२४ अन्तरगत हिजो राति भएको खेलमा १० औं नम्बरको गुजरातले चेन्नइलाई स्तब्ध पारेको छ । शुभमन गिल र साइ सुदर्शनको सतक प्रेरित इनिंगमा गुजरातले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २३१ रन बनाएको थियो । प्रतियोगिता भरि उत्कृष्ट प्रर्दशन गर्न नसकेका शुभमिन गिलले चेन्नाइ विरुद्ध ५५ बलमा १०४ रन बनाए । यस्तै अर्का ओपनर साइसुदर्शनलले पनि ५१ बलमा १०३ रन बनाएर टिमलाई मजबुत स्कोर सम्म पुगाएका थिए । अन्तिममा डेभिड मिलरले पनि १६ रन बनाएका थिए ।
चेन्नइले १८ औ ओभरमा मात्र विकेट लिन सकेको थियो । चेन्नइका कुनै पनि बलरले विकेट लिन सकेनन् भने ४ ओभरमा २५ रन खर्चेका सार्दल ठाकुर बाहेक अन्य बलरले रन पनि रोक्न सकेनन् । चेन्नाइको तुषार देशपाण्डेले २ विकेट लिए ।
२३२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको चेन्नाइको निकै खराब शुरुवात रह्यो । चेन्नइले पहिलो ३ विकेट मात्र १० रन बनाउदा गुमाइसकेको थियो । चौथो नम्बरमा ब्याटिंग गर्न आएका डेरिल मिचेल र पाचौ नम्बरका मोइन अलीले आक्रमक प्रदर्शन गर्दै टिमलाइ सम्हालेका थिए । एक समय चेन्नइ लक्ष्य पछ्याउन सक्छ भन्ने अवस्थामा पुगिसकेको बेला डेरिल मिचेल आउट भए । मिचेलले ६३ रन बनाए । मिचेल लगतै मोइन अली पनि ५६ रन बनाएर आउट भए पछि चेन्नइ पुनः दबाबमा आएको थियो । महेन्द्रसिंह धोनीले अन्तिममा दर्शकलाई मनोरन्जन गराउदै ११ बलमा २६ रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् ।
गुजरातका मोहित शर्माले ३ विकेट लिए । यस्तै रसिद खानले २ तथा संदिप वारियर र उमेश यादवले १,१ विकेट लिए ।
हारका बाबजुद चेन्नइ अंक तालिकाको चौथौ स्थानमा कायम छ । भने गुजरात दशौ स्थानबाट आठौमा उक्लिएको छ । अव दुइ खेल बाकी रहदा प्ले अफमा स्थान बनाउन चेन्नइले राजस्थान र बैग्लोर विरुद्ध दुबै खेल जित्नु पर्नेछ । अंक तालिकाको पहिलो ४ स्थानमा रहने टिमले प्लेअफमा स्थान बनाउने छन । अंक तालिकाको पहिलो स्थानमा कोलकत्ता, दोस्रोमा राजस्थान र तेस्रोमा हैदरवाद रहेका छन ।
आइपिलएलमा आज कोलकत्ता र मुम्बइका विच कोलकत्ताको इडन गार्डेनमा खेल हुनेछ ।