काठमाडौँ, जेठ १८
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को क्वालिफायर-२ खेल आज साँझ ७:३० बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा मुम्बई इन्डियन्स र पञ्जाब किंग्सबीच हुँदैछ।
यो खेल जित्ने टोलीले जुन ३ मा हुने फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग खेल्नेछ। आरसीबीले क्वालिफायर-१ जितेर पहिले नै फाइनलमा स्थान बनाइसकेको छ। मुम्बईले अघिल्लो एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई हराएर क्वालिफायर-२ मा पुगेको हो।
आईपीएलको इतिहासमा यी दुई टोली प्लेअफमा पहिलो पटक एकअर्काविरुद्ध खेल्दैछन्। यस सिजनमा भने यो उनीहरूको दोस्रो भेट हो। यसअघि पञ्जाबले मुम्बईलाई ७ विकेटले हराएको थियो
१८ जेठ २०८२, आईतबार ११:२६ मा प्रकाशित