रामेछापमा आगलागीमा परि घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

Jhalkonepal

रामेछाप, वैशाख १५

   जलेर घाइते हुनुभएकाे रामेछापको मन्थली नगरपालिका–११ की ४२ वर्षीया साइलीमाया तामाङको उपचारका क्रममा ज्यान गएको छ ।

अस्ति बिहीवार घरमा खाना पकाउने क्रममा तामाङ जल्नुभएको थियो । घाइते उहाँको काठमाण्डौको कीर्तिपुर जलन उपचार अस्पतालमा उपचार भइरहेको थियो । उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी दिनेश थापाले जानकारी दिनुभयो ।

एक हप्ताअघि मन्थली नगरपालिका–९ पुरानागाउँमा पत्कर जलाउने क्रममा घाइते एक वृद्धाको पनि उपचारकै क्रममा कीर्तिपुर अस्पतालमा ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

प्रतिक्रिया