काठमाण्डौं, बैशाख ३०
प्लेअफ पुग्नको लागि महत्वपूर्ण मानिएको खेलमा चेन्नईले राजस्थानलाई विकेटले पराजित गरेको छ । चेन्नईमा टस जितेर राजस्थान रोयल्यसले पहिले ब्याटिंग गर्ने निर्णय गरे पनि सो निर्णय सही सावित हुन सकेन चेन्नईका बलरहरुले कसिलो बलिंग गरि राजस्थानलाई १४१ रनमा रोक्न सफल भए । राजस्थानको लागि यसस्वी जयस्वाल र जोस बटलरले आक्रमक शुरुवात गर्न खोज्दा टिमको स्कोेर ४३ रन हुदा राजस्थानले पहिलो विकेट गुमाएको थियो । यसस्वी जयसवालले २४ रन बनाए भने जोस बटलर २१ बनाए । कप्तान संजु सेम्सनले १५ रन बनाउदा रियान परागले नटआउट ४७ रन बनाएर टिमलाई सम्मानजनक अवस्थामा पुगाए । अन्तिम ओभरमा धु्रव जुरेलले १८ बलमा २८ रन जोडेर टिमको स्कोरलाई अगाडी बढाएका थिए ।
चेन्नईको लागि सबैभन्दा सफल बलर सिमरजित सिंह बने ।उनले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । यस्तै तुसार देषपाण्डेले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । महिस थिक्सीनाले ४ ओभरमा २८ रन मात्र खर्चे भने रविन्द्र जडेजाले पनि ४ ओभरमा २४ रन मात्र खर्चे । थिक्सीना र जडेजाले विकेट लिन भने सकेनन ।
१४२ रनको लक्ष्य पछ्याउन मैदानमा आएको चेन्नईले १० बल बाकी छदा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । कप्तान रितुराज गायकवाडले अन्तिम सम्म आउट नभएर ४२ रन बनाउदै टिमको जित सुनिश्चित गरे । ओपनर रचिन रविन्द्रले २७, डेरिल मिचेलले २२, मोइन अली १०, शुभम दुबले १८ रन बनाएर टिमलाई मद्दत गरे । यस्तै इम्पेक्ट प्लेयरको रुपमा मैदानमा आएका समिर रिजवीले ८ बलमा १५ रन जोडेर टिमलाई जिताए ।
राजस्थानको लागि रविचन्द्रन आश्विनले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । यस्तै युजबेन्द्र चहल र नान्द्रे बर्गरले १,१ विकेट लिए ।
जितसंगै चेन्नई २ अंक जोडेर तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । यदपी प्लेअफमा स्थान बनाउनको लागि चेन्नईले अर्को खेलमा बैग्लोरलाई पराजित गर्नै पर्नेछ । राजस्थान भने हारका बाबजुद दोस्रो स्थानमा कायम छ । राजस्थानको १२ खेलमा १६ अंक छ ।