काठमाडौं, कात्तिक १६
टी-२० विश्वकप एसिया छनोटमा आज नेपालले ओमानसँग खेल्दैछ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि खेल सुरू हुनेछ।
समूह ‘ए’को नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेको छ। टि-२० आइमा नेपाल र ओमान चार पटक आमनेसामने भएका छन्। तीमध्ये तीन खेल नेपालले जित्दा ओमानले एक खेल जितेको छ। चारै खेल ओमानमा भएको थियो।
नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको छ।
ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको छ ।
आजको खेलले समूह विजेताको टुंगो लाग्नेछ।
१५ कार्तिक २०८०, बिहिबार ०७:०८ मा प्रकाशित