दक्षिण कोरियाले आगामी वर्ष कति भित्राउँदैछ छ त विदेशी कामदार ?

Jhalkonepal

काठमाडौँ, पुस ११

दक्षिण कोरियाले आगामी वर्ष २ लाख ७ हजार विदेशी कामदार रोजगारीमा भित्र्याउने भएको छ। यस वर्षका लागि कोरियाले दुई लाख २० हजार कोटा छुट्याएको थियो। यस वर्षको तुलनामा आगामी वर्षका लागि कोरियाले कोटा घटाएको छ।

सन् २०२५ मा कृषि, मत्स्यपालन, उद्योग, पानीजाहाज र निर्माण क्षेत्रमा २ लाख ७ हजार विदेशी कामदार भित्र्याउने निर्णय भएको कोरियन योनहाप समाचार एजेन्सीले जनाएको छ। दक्षिण कोरियाले आगामी वर्षका लागि इ–९ रोजगार अनुमति भिसाअन्तर्गत कामदारको संख्या यस वर्षको तुलनामा ३.५ हजारले घटाएको बताएको छ ।

कोरियाले विदेशी कामदारका लागि प्रदान गरिने भिसा विभिन्न वर्गमा बाँडिएको छ। तर कुन् देशलाई कति दिने भनेर खुलाइएको छैन। नेपालले गत वर्षको तुलनामा न्यून कोटा पाउने ईपीएस शाखाको अनुमान छ।

आगामी वर्षदेखि कोरिया इपीएस परीक्षा फारम भर्दा नै कडाइ गर्ने भएको छ। कोरियाले आवश्यक संख्याको ३ गुणा मात्र आवदेन लिने घोषणा गरिसकेको छ। नेपालले २० हजार कोटा पायो भने ६० हजारले मात्र आवदेन दिन पाउने छन्।

प्रतिक्रिया