काठमाण्डौ, सावन १९
तेस्रो टि२० मा पाकिस्तानले वेष्टइन्डिजलाई १३ रनले पराजित गरेको छ । आज विहान भएको खेलमा पाकिस्तानले पहिले व्याटिंग गर्दै ४ विकेट गुमाए र १८९ रन बनाएको थियो । पाकिस्तानको तर्फबाट ओपनर साहेवज्यादा फरहानले सर्वाधिक ७४ रन बनाए । यस्तै अर्का ओपनर सयम अयुवले पनि ६४ रनको योगदान गरे । वेष्टइन्डिजका जेसन होल्डर, रोस्टन चेज र समर जोसेफले १,१ विकेट लिए ।
१९० रनको लक्ष्य पुरा गर्न मैदानमा उत्रिएको वेष्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाए र १७६ रन मात्र बनाउन सक्यो । वेष्टइन्डिजका एलिक एजेन्जले ६० रन बनाए । यसै गरि सेर्फेन रुदरफोर्डले ५१, र जेवल एन्ड्रुले २१ रन जोडे ।
पाकिस्तानलाई जित दिलाउन हसन अली, मोहम्मद नवाज, हैरिस रौफ, सयम अयुव र सुफियन मुक्यूमले १,१ विकेट लिए
साहेवज्यादा फरमानलाई प्लयेर अफ दी म्याच घोषि गरियो । जित संगै ३ खेलको श्रृंखला पाकिस्तानले २-१ले जितेको छ । पाकिस्तानले अव वेष्टइन्डिजसँग ३ एकदिवसीय क्रिकेट पनि खेल्ने छ ।