यु१९ एसिया कपमा नेपाल अफगानिस्तानसंग पराजित

Jhalkonepal


सुभेष सिनाल

काठमाण्डौं, मंसिर २४

यु१९ एसिया कपमको दोस्रो खेलमा नेपाल अफगानिस्तानसंग ७३ रनले पराजित भएको छ । दुबईमा आज भएको खेलमा टस जितेर पहिले बलिंग गरेका नेपालले अफगानिस्तानलाई २६१ रनमा अल आउट गरेको थियो । अफगानिस्तानले दिएको २६२ रन पछ्याउने क्रममा नेपाल ४१ औ ओभरमा १८८ रनमा अल आउट भयो । नेपालका ओपनर अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाएर अन्तिममा आउट भएका थिए । अर्जुन बाहेक कप्तान देव खनालले २४, गुलसन झाले १७ र दिपक बोहराले १५ रन जोडे भने अन्य ब्याटरहरुले रन बनाउन सकेनन् । अफगानिस्तानका फर्दिन दोदजाई र नसिर खानले ३,३ विकेट लिए । 

यसअघि अफगानिस्तानका जम्सिद जर्दानले १०६ रन बनाएर टिमलाई २६१ रनको स्कोर सम्म पुगाएका थिए । नेपालका तर्फबाट हेमन्त धामी, गुलसन झा र सुभाष भण्डारीले २,२ विकेट लिएका थिए । 

नेपालले आफ्नो अन्तिम खेल भारत विरुद्ध पर्सी खेल्नेछ । 

पाकिस्तानले भारतलाई ८ विकेटले पराजित गर्यो 

यसै विच आज भएको दोसो खेलमा पाकिस्तानले भारतलाई ८ विकेटले पराजित गरि सेमिफाइनलमा स्थान पक्का गरेको छ । टस जितेर भारतलाई ब्याटिंगको निम्तो दिएको पाकिस्तानले भारतलाई २५९ रनमा रोकेको थियो । भारतका आर्दश सिंह ६२, उदय सहरान ६० र सचिन धासले ५८ रन बनाएका थिए । पाकिस्तानका मोहम्मद जहसानले ४ विकेट लिएका थिए । 

भारतले दिएको २६० रनको लक्ष्य पाकिस्तानले ४७ औ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। पाकिस्तानका अजन विसले १०५, सहजैब खानले ५३ र साद बैगले ६८ रन बनाएर टिमको जित सुनिश्चित गरेको थिए । भारतका मुर्गन अभिषेकले २ विकेट लिएका थिए । 

आजको जित सहित समुह ए बाट पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरेको छ भने सेमिफाइनल पुग्न भारत र अफगानिस्तानले पर्सी हुने आफ्नो खेल राम्रो रन रेटमा जित्नु पर्नेछ । पर्सी भारतले नेपालसंग र अफगानिस्तानले पाकिस्तानसंग खेल्नेछन । 


प्रतिक्रिया