बुढासुब्बा गोल्ड कप फुटबलः आजबाट सेमिफाइनल चरणका खेलहरू सुरु

Jhalkonepal

सुनसरी , फागुन ३०

२४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल चरणका खेलहरू सुरु हुदैछन ।

धरान रङ्गशालामा आजको पहिलो सेमिफाइनलमा आयोजक धरान फुटबल क्लब र एन्फा मोरङबिच प्रतिस्पर्धा हुदैछ ।खेल दिउसो सवा तीन बजे सुरु हुनेछ ।

 

आयोजक धरानले उद्घाटन खेलमा पाहुना टोली युकेएफसी भारतलाई सडेन डेथमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

मोरङले पाँच पटकको विजेता नेपाल पुलिस क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।

 

आजको विजेताले अन्तिम सेमिफाइनलमा काँकडभिट्टा फुटबल टेनिङ सेन्टर झापा र न्यु रोड टिम एनआरटीसंग बिहीबार प्रतिस्पर्धा गर्नेछ ।

 

एनआरटी त्रिभुवन आर्मीलाई २-१ ले पराजित गर्दै सेमिफाइनल पुगेको हो भने काँकडभिट्टा झापा गोल्ड कप च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई १-० ले पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।


चैत ३ गते हुने फाइनल विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया