कोशी प्रदेशका विभिन्न ठाउँमा गएरातिदेखि नै पानी, आत्तिनु नपर्ने मौसमविदको भनाइ

Jhalkonepal

काठमाण्डौ, असाेज १६

कोशी प्रदेशका विभिन्न ठाउँमा गएरातिदेखि नै पानी परेको छ । झापा, मोरङ, उदयपुर, सुनसरीका केही ठाउँमा ठूलो वर्षा भएको छ । आज र भोलि कोशी प्रदेशसँगै बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा पनि हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । तर गएको शुक्रवार र शनिवारजस्तो घनघोर वर्षा हुने सम्भावना नभएकाले आत्तिनु नपर्ने मौसमविद गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार ठूलो वर्षा भए पनि क्षणिक हुन्छ ।

लगातार र घनघोर पानी पर्ने सम्भावना नभएकाले धेरै आत्तिनु नपर्ने उहाँको भनाइ छ । 

प्रतिक्रिया