खोटाङमा बाँदर धपाउन जादा ज्यान गयो

Jhalkonepal

खोटाङ, वैशाख ५

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाबुवालुङस्थित नास्तुमका ५८ वर्षीय गङ्गाप्रसाद ढकालको बाँदर धपाउने क्रममा करेन्ट लागेर ज्यान गएको छ । बारीमा मकै गोड्न गएको समयमा बाँदर आएपछि धपाउन जाँदा करेन्ट लागेर ढकालको मृत्यु भएको हो । 

बाँदर धपाउन गएका ढकाललाई विद्युतको पोलमा प्रवाह भएको करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । बिहीबार जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा गएको उनले बताए ।

उनी परिवारसहित घर नजिकैको बारीमा मकै गोड्न गएका थिए । जङ्गलबाट हुल बाँधेर आएको बाँदर बारीमा प्रवेश गरेपछि खाली खुट्टा धपाउन जाँदा उनलाई करेन्ट लागेको हो । विद्युत् प्राधिकरणको लापरबाहीले ढकालको मृत्यु भएको आफन्तजनले आरोप लगाएका छन् ।


प्रतिक्रिया