काठमाडौँ,
असार११
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक
विधेयक, २०८१ बहुमतले स्वीकृत भएको छ ।
सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नमाथि अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गरिरहनुभएका उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।
११ असार २०८१, मङ्गलबार ०४:३२ मा प्रकाशित