चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

Jhalkonepal

चितवन, माघ १

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

मंगलबार दिउँसो माडी नगरपालिका-३ का ५६ वर्षीय छविलाल बोटेको गैँडाको आक्रमणबाट मृत्यु भएको हो । 

चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा  भैँसी चराउन गएका बोटेलाई गैँडाले आक्रमण गरेको चितवन प्रहरी कार्यलयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गैँडाको आक्रमणबाट बोटेको घटनास्थलमै मृत्यु भएको थियो ।

 

प्रतिक्रिया