काठमाण्डाै, कार्तिक २२
आईसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा
नेपालले कुवेतलाई १०८ रनले जितेको छ ।
नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को अजमानस्थित द सेभेन क्रिकेट रङ्गशालामा आज टस जितेर पहिला ब्याटिङ गरेको
नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३० रन बनाएको हो ।
कुवेतले १३ ओभरमा सवै विकेट गुमाउदै जम्मा २२ रनमै समेटियो ।
नेपालको जितमा कप्तान पूजा महतोले कप्तानी पारि खेलिन् । उनले
ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरिन् ।
२१ कार्तिक २०८१, बिहिबार ०१:५९ मा प्रकाशित