खेलकुद, कार्तिक २
भारतमा जारि एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र बंगलादेश विच खेल हुदैछ । पुणेमा आज दिउसो २ः१५ मा शुुरु हुने खेल दुवै देशको यो विश्वकपमा चौथो खेल हुनेछ । प्रतियोगितामा भारतले ३ खेलमा ३ जित हासिल गरेको छ भने बंगलादेशले अहिले सम्म ३ खेलमा १ मा मात्र जित हासिल गरेको छ ।
भारतले आफ्नो पहिलो तिन खेलमा अस्ट्रेलिया, अफगानिस्तान र पाकिस्तानलाइ पराजित गरेको छ भने बंगलादेशले इंग्लैण्ड र न्यूजिलैण्डसंगको खेलमा पराजय भोगेको थियो भने अफगानिस्तान विरुद्धको खेलमा जित हात पारेको छ ।
अंक तालिकामा भारत ६ अंक सहित दोस्रो स्थानमा छ भने बंगलादेश २ अंक सहित छैटौं स्थानमा छ । भारत र बंगलादेश विच विश्वकप क्रिकेटमा अहिले सम्म ४ वटा खेल भएको छ । जसमा ३ पटक भारत जितेको छ भने १ पटक बंगलादेशले जित हासिल गरेको छ । सन २००७ को विश्वकपमा पहिलो पटक भिड्दा बंगलादेशले अप्रत्यासित जित निकाल्दै भारतलाइ स्तब्ध पारेको थियो । त्यस पछि भने भारतले ३ वटा खेलमा लगातार जितेको छ।
दुवै देश विच अहिले सम्म ४० वटा खेल भएका छन, जसमा ३२ पटक भारतले जितेको छ भने ७ पटक बंगलादेशले जितेको छ भने एउटा खेल अनिर्णित रहेको थियो । दुवै देश विच अन्तिम पटक एसिया कपमा खेल भएको थियो । जसमा भारतलाइ बंगलादेशले पराजित गरेको थियो ।
हेर्नुस अंक तालिका