धरानका उपमेयर बेघाका कान्छा भाइ माथि खुकुरी प्रहार , घरमा अज्ञात समूहद्वारा तोडफोड

Jhalkonepal

सुनसरी , भदौ २६ 

 धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाका कान्छा भाइ विष्णु बेघा माथि खुकुरी प्रहार भएको छ ।

सूर्य बस्तीका २० जनाको समूह आएका युवाहरूले धरान १५ खोरिया बास्तिमा रहेको उपमेयर बेघाको घरमै प्रवेश गरेर भाइ विष्णु बेघामाथि खुकुरी प्रहार गरेका थिए ।

घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको र खुकुरी प्रहार गर्ने केटाहरूको खोजी कार्य भइरहेको धरान इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले बताएका छन्  ।

प्रतिक्रिया