राष्ट्रिय सभाका नयाँ सांसदले पद तथा गोपनियताको सपथ लिए

Jhalkonepal

काठमाण्डौं, फागुन २१

राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् । १९ जना नवनिर्वाचित सांसदहरुलाई राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले सपथ ग्रहण गराउनु भएको हो । संघीय संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो  । रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका हुन् । एक जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन् ।

आइतबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो भने नयाँलाई स्वागत गरिएको थियो ।



प्रतिक्रिया