पोखरा, माघ ४
सहकारी ठगी मुद्दामा
फरार रहेका गिजेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालत
कास्कीले अनुमति दिएको छ । कास्की अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले
जिबीको राहदानी रद्द गर्न आदेश दिएको हो ।
राहदानी
रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको कास्की अदालतका स्रेस्तेदार
राजन खनालले जानकारी दिए ।
‘सहकारी ठगी, संगठित
अपराध र सम्पत्ति शुद्धीकरणमा अदालतमा मुद्दा विचाराधिन छ । मुद्दा प्रक्रियामा
सहभागी नभइराखेको अवस्था छ । विदेशमा रहेको भन्ने जानकारीका आधारमा राहदानी रद्द
गरी लिन सकिन्छ भन्ने उद्देश्यले अदालतले राहदानी रद्द गर्न अनुमति दिएको हो,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल
कार्यालयमार्फत् जिबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द
गर्न माग गर्दै अदालतमा निवेदन दिएको थियो ।
३ माघ २०८१, शुक्रबार ०५:५४ मा प्रकाशित