अस्ट्रेलियाले स्कटलैण्डलाई हराउदा, इंग्लैण्ड सुपर ८ मा पुग्यो

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, असार २

आइसीसी टि२० क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले स्कटलैण्डलाई पराजित गर्दा इंग्लैण्ड सुपर ८ मा प्रवेस गरेको छ । सुपर ८ माप पुग्नको लागि जित्नै पर्ने खेलमा अस्ट्रेलियासंग ५ विकेटले पराजित हुदै स्कटलैण्ड समुह चरणबाटै बाहिरिएको छ । 

पहिले ब्याटिंग गरेको स्कटलैण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनाएको थियो । स्कटलैण्डका ब्रेन्डन मेकुल्लमले ६० र रिचि ब्रिग्टोनले ४२ रन बनाएर अस्ट्रेलियाको अगाडी ठुलो लक्ष्य पेस गरेको थियो । स्कटलैण्डका जर्ज मुन्सेले ३५ र मेथ्यू क्रसले १८ रनको योगदान गरे । अस्ट्रेलियाका ग्लेन म्याक्सवैलले २ विकेट लिए भने एस्टन एगर , नाथेन इल र एडम जाम्पाले १,१ विकेट लिए ।

१८१ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको अस्ट्रेलिायले २ बल बाकी छदा ५ विकेट गुमाएर १८६ रन बनाएर खेल जित्यो । अस्ट्रेलियाका ट्रेभिस हेडले ६८ रन र मार्कस स्टोनिसले ५९ रन बनाएर टिमको जितको आधार बनाए ।  अन्तिममा टिम डेभिडले १४ बलमा २४ रन बनाएर टिमको जित सुनिश्चित गरे । स्कटलैण्डका सैफन सरिफ र मार्क वाटले २,२ विकेट लिए भने ब्राड व्हीलले १ विकेट लिए । 

हारसंग स्कटलैण्ड ४ खेलमा ५ अंक जोडेर रन रेटमा समान अंक भएको इंग्लैण्ड भन्दा पछि पर्दै सुपर ८ बाट बन्चित भयो । 


प्रतिक्रिया