काठमाण्डौं, बैशाख १
एसीसी प्रिमियर टी २० प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा कतारको सामना गर्ने छ । नेपाली समय अनुसार आज दिउसो ४ः१५ मा खेल शुरु हुनेछ । नेपालले पहिलो खेलमा मलेशियालाई हिजो ५ विकेटले पराजित गरेको थियो ।
प्रतियोगितामा आज ४ खेल हुनेछन । जस अन्तरगत आज दिउसो ११ ः ४५ मा कम्बोडिया र कुवेतका विच खेल हुनेछ भने सोही समयमा अर्को मैदानमा बहरिन र युएईका विच प्रतिस्पर्धा हुनेछ । यस्तै दिउसो ४ः १५ मा मलेशिया र साउदी अरेवियाका विच पनि खेल हुनेछ ।
नेपालले समुह चरणको आफ्नो तेस्रो खेल हंगकंग विरुद्द बैशाख ३ गते खेल्नेछ भने अन्तिम खेल साउदी अरेविया विरुद्ध बैशाख ५ गते खेल्नेछ । दुइ समुहमा विभाजन भएका १० देश मध्ये समुह विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन । एसीसी प्रिमियर कपको विजेताले आउदो वर्ष हुने टि२० एसिया कपमा छनौट हुने मौका पाउनेछ ।