खेलकुद, कार्तिक ३
एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत आज चलिरहेको खेलमा अस्ट्रेलियाले पाकिस्तान सामु ३६८ रनको लक्ष्य राखेको छ । टस जितेर पहिले फिल्डिंग गर्ने कप्तान बाबर आजमको निर्णय अनुसार पाकिस्तानी बलरहरुले बलिंग गर्न नसके पछि अस्ट्रेलियाले विशाल लक्ष्य खडा गरेको हो । अस्ट्रेलियाका तर्फबाट ओपनर डेभिड वार्नर र मिचेल मार्सले पहिलो विकेटको लागि २५९ रनको साझेदारी गरि ९ विकेटको क्षतीमा विशाल लक्ष्यको जग राखेका थिए । बार्नरले १६३ र मार्सले १२१ रन बनाए । मार्कस स्टोनिसले २१ र जोश इंग्लिसले १३ रन बनाए भने २५ रन अतिरिक्त रुपमा पाकिस्ताले दिएको थियो ।
४० औ ओभर पछि सम्हालिएका पाकिस्तानी बलरहरुले त्यसपछि रन गतिमा अंकुश लगाउन सफल भएका थिए । पाकिस्तानको तर्फबाट शाहिन शाह अफ्रिदीले ५४ रन खर्चेर ५ विकेट लिए भने ह्यारिस रौफले ३ विकेट लिए ।
यही विश्वकपमा पाकिस्तानले श्रीलंका विरुद्ध ३४८ रनको लक्ष्य पछ्याएकोले पाकिस्तानले दोस्रो इंनिगमा त्यही प्रदर्शन दोह्रयाउने आशा गरेको छ ।