चितवन, साउन ५
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०/८१
मा मा तीन लाख ६ हजार आठ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो
आर्थिक वर्ष २०७९/८० मा दुई लाख ९९ हजार चार सय १२ पर्यटकले मात्र निकुञ्जको भ्रमण
गरेका थिए ।
निकुञ्जका सूचना
अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षकोभन्दा
सात हजार चार सय २५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन् । गत आर्थिक वर्षमा नेपाली
एक लाख ७६ हजार तीन सय १६ भित्रिएका थिए ।
अघिल्लो आर्थिक वर्षमा नेपालीको सङ्ख्या दुई लाख पाँच हजार छ सय पाँच थियो । यसैगरी गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार चार सय ७१ र अघिल्लो आर्थिक वर्षमा ३७ हजार नौ सय ३५ पर्यटक भित्रिएका थिए । यस्तै अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० र अघिल्लो आर्थिक वर्षमा ५५ हजार आठ सय ७२ भित्रिएका थिए ।
तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१/३२ देखि निकुञ्जमा पर्यटकको तथ्याङ्क राख्न थालिएको हो । त्यसवर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्यांक छ ।
सन् २०२४ लाई भरतपुर
महानगरपालिकाले भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । भरतपुर महानगरपालिका
प्रमुख रेनु दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भ्रमण वर्षको प्रचार
भइरहेकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको बताइन् । भ्रमण वर्षमा आउने पर्यटकको
मुख्य गन्तव्य निकुञ्ज रहेको भन्दै उनले जहाँ बसे पनि पर्यटक निकुञ्ज घुम्न जाने
गरेको बताइन्।
चितवन राष्ट्रिय
निकुञ्जमा दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, जलचरको अध्ययन,
अवलोकन गर्न स्वदेशी
तथा विदेशी पर्यटक आउने गर्दछन् ।