मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त,विश्वासको मत लिन असफल

Jhalkonepal

काठमाडाैं, जेठ २३

मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त हुनु भएकाे छ ।  मुख्यमन्त्री  यादव विश्वासको मत लिन असफल  हुनु भएकाे हाे । 

प्रदेश सभामा बहुमत सांसदले उहाँको विपक्षमा मतदान गरेका छन्। मधेस प्रदेशमा अहिले १०६ जना सांसद छन्।

यसमध्ये आजको प्रदेश सभा बैठकमा १०३ जना उपस्थित थिए।

मुख्यमन्त्री यादवको पक्षमा ५० जना र विपक्षमा ५३ जना सांसदले मतदान गरेका थिए।

मधेस प्रदेश सभा बहुमतका लागि कम्तीमा ५४ जना सांसदको समर्थन आवश्यक छ।


प्रतिक्रिया