सुभेष सिनाल
काठमाण्डौं, फागुन ५
विश्वकप लिग २को दोस्रो खेलमा नेपालले १३८ रनको लक्ष्य पाएको छ । नेदरलैण्डससंगको खेलमा नेपालले सुधारिएको प्रदर्शन गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज विहान टस जितेर पहिले फिल्डिंग गरेको नेपालले, नेदरलैण्डसलाई ३९ औ ओभरमा १३८ रनमा अल आउट गरेको छ । नेपाललाई सोमपाल कामीले पहिलो ओभरमै सफलता दिलाएका थिए । नेपालका तर्फबाट आज सबै भन्दा वढि कुशल भुर्तेलले ४ विकेट लिए । यस्तै ललित राजवंशीले १० ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेलले पनि १ विकेट लिएको खेलमा नेदरलैण्डका २ खेलाडी रनआउट भएका थिए ।
नेदरलैण्डसका कप्तान स्कट इडवर्डले ३३ रन बनाए भने सयब्रन्ड इन्गेलव्रेच्टले २३, बासदे लिदेले २७ रनको योगदान गरे
४ फाल्गुण २०८०, शनिवार १२:१३ मा प्रकाशित