गाँजा बोकेको एम्वुलेन्स सहित चालक नियन्त्रणमा

Jhalkonepal

मोरङ, असोज १० 

 विराटनगर महानगरपालिका १८ लाभाघाटमा गाँजा बोकेको एम्वुलेन्स सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को १ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई ल्याएको  २१.५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैया ४० हजार बरामद गरेको हो । प्रहरीले  अधिकारी फाउण्डेसन धरान द्धारा संचालित एम्वुलेन्स र चालक धरान ११ का ३८ बर्षीय गंगा सरकार र सोही स्थानमा रहेको द्यच् घडब्ँइघघट नम्वरको मोटरसाईकल समेत  नियन्त्रणमा लिएको हो । यस्तै 

उदरपुरको त्रियुगा नगरपालिका ५ कुसुमेटारका ३१ वर्षिय अमृत तामाङलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । अमृत तामाङले एक नाले भरुवा बन्दुक घर नजिकै जंगलमा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो । भरुवा बन्दुक सहित पक्राउ परेका तामाङको  उदयपुर जिल्ला अदालयबाट हात हतियार खरखजना मुद्धामा  म्यादथप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया