काठमाण्डाैं
,
चैत ३०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर
महराले विश्वासको मत पाएका छन् ।
शुक्रबार बसेको
प्रदेश सभा बैठकमा उनले विश्वास मत प्रस्ताव राखेको थिए ।
‘मुख्यमन्त्रीले आफूमाथि प्रदेश सभाको
विश्वास छ भनी पेस गर्नुभएको प्रस्तावको पक्षमा ४८ मत र प्रस्तावको विपक्षमा जम्मा
२८ मत परेको छ,’ सभामुख तुलाराम
घर्ती मगरले प्रदेश सभा बैठकमा भने, ‘प्रस्तावका पक्षमा ४८ मत परेको र यो प्रदेशमा हाल कायम रहेको कूल
सदस्य संख्या ८६ जनाको बहुमत भएकोले मुख्यमन्त्रीले पेस गर्नुभएको प्रस्ताव
बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।’
मुख्यमन्त्री
महरालाई नेकपा (एमाले) २९, नेकपा (माओवादी
केन्द्र) १०, नागरिक
उन्मुक्ति पार्टी (नाउपा) ४, जनता समाजवादी पार्टी (जसपा) ३, नेकपा (एकीकृत समाजवादी) १ र
स्वतन्त्र सांसद खड्क बस्नेतको समर्थन पाएका हुन् ।
अर्को बैठक वैशाख २
गते आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको छ ।