ओखलढुङ्गा, कार्तिक १४
ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-७ हर्कपुरमा आगलागीमा परेर एकजना महिलाको मृत्यु भएको छ । सोमबार साँझ साढे ५ बजे भान्साकोठामा डिजेल प्रयोग गरेर आगो बाल्ने क्रममा अचानक आगोलागी हुँदा बर्ष ३३ कि कमला गौतमको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी हर्कपुरले जनाएकाे छ ।
शवलाई पोष्टमार्टमकोलागी जिल्ला अस्पताल रुम्जाटार
ओखलढुंगा लगीएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले कार्यालयले जनाएको छ ।
१३ कार्तिक २०८०, मङ्गलबार ०९:२६ मा प्रकाशित