झापामा प्रधानाध्यापकले विद्यार्थीलाई कुटपिट गरेको विषयमा छानबिन गर्न समिति गठन

Jhalkonepal


काठमाडौं, चैत २१

झापामा प्रधानाध्यापकले विद्यार्थीलाई कुटपिट गरेको विषय अहिले चासाेकाे विषय बनेकाे । कुटपिटकाे विषयमा छानबिन गर्न समिति गठन समेत भएकाे छ । झापाको कमल गाउँपालिकाले वडा नम्बर ५ मा रहेको मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई कुटपिट गरेको विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।

कक्षा ११ मा अध्ययनरत विद्यार्थी निर्जला बाँस्कोटाले फेसबुकमा कमेन्ट गरेको निहुँमा प्रधानाध्यापक मोहन बगालेले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । 

सामाजिक सञ्जालमा घटना सार्वजनिक भएपछि गाउँपालिका प्रमुख, प्रधानाध्यापक बगाले, व्यवस्थापन समिति अध्यक्ष, बाल संगठनका प्रतिनिधिसहित बसेर घटनाबारे छलफल भएको पालिकाका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले बताउनुभयाे । न्यौपानेले भने ‘हामीले दुवै पक्षसँग घटनाबारे बुझ्यौं । विद्यार्थीलाई अस्पताल लगिएको पाइएपछि समिति बनाएर छानबिन गर्ने निर्णय गरेका छौं ।’

बुधबार शिक्षा समितिको बैठकले ५ नम्बर वडाका अध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रतिक्रिया