धनगढी, कार्तिक २२
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विपद व्यवस्थापनका कामलाई प्रभावकारी बनाउन निति नियमहरु बाधक हुनुनहुने धारणा राख्नु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा ब्यवस्थापन परिषद र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमको आयोजनामा धनगढीमा आज आयोजिति विपद जोखिम न्यूनिकरण प्रादेशिक कार्यमन्चको कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले अहिले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका भुकम्प पछि राहत तथा उद्दारको कार्यमा एकद्धार प्रणालीले गर्दा प्रभावितले ढिलो राहत पाएको गुनासो आइरहेकोेले समिक्षा गरि यस्ता संयन्त्रहरुलाइ चुस्त बनाउन वहाँले निर्देशन दिनु भयो ।
सुुदूरपश्चिम र कर्णाली प्रदेश भुकम्पको उच्च जोखिमाम रहेकोले सचेतनाका साथै पुर्वतयारीका क्रियाकलापलाई प्रभावकारी तरिकाले संचालन गरिनु पर्ने वहाँले बताउनु भयो । भुकम्पबाट जोखिन बलियो संरचना बनाउनु पर्ने भएकोले प्रदेशका भुकम्प प्रतिरोधी संरचना निर्माणको विपकल्प नभएको वहाँले बताउनु भयो । यसका साथै सुदुरपश्चिमका अधिकांश वस्ती र आवासहरु निकै कमजोर तथा जोखिमग्रस्त क्षेत्रमा भएकोले भुकम्पको साथै अन्य विपदले जनजिवनलाई धेरै प्रभावित गरिरहेको वहाँले बताउनु भयो । त्यसैले एकिकृत वस्तीहरु विकास गर्नु पर्ने सुदूरपश्चिम सरकारको सोच रहे पनि श्रोतको अवस्था कमजोर भएकोले यस्ता कार्यक्रमको लागि संघिय सरकार र अन्य सहयोगी निकायहरुलाई सहयोग गर्न पनि वहाँले आग्रह गर्नु भयो । संघियताको अभ्यासलाई प्रभावकारी बनाउनको लागि संघिय सरकारले प्रदेश सरकारलाई छिटोभन्दा छिटो बलियो बनाउन सहयोग गर्नु पर्ने समेत वहाँले बताउनु भयो । विपदको समयमा विभिन्न काम भए पनि प्रभावकारी रुपमा प्रभावितलाई प्रतिकार्य र राहतको ब्यवस्था गर्नु पर्ने वहाँले बताउनु भयो ।
कार्यक्रममा पुर्वमन्त्री तथा राष्ट्रिय विपद जोखिम न्यूनिकरण परिषदका विज्ञ सदस्य डाक्टर गंगालाल तुलाधरले भुकम्प तथा अन्य प्रकोपको सुदूरपश्चिममा जोखिमको अवस्था तथा प्रदेश सरकारको अवको प्राथमिकता कस्तो हुनु पर्ने भन्ने विषयमा प्रस्तुतिकरण गर्नू भएको थियो । यस्तै डिपिनेटका डाक्टर राजुथापाले विपद जोखिम न्यूनिकरण राष्ट्रिय कार्यमन्चले गरिरहेका अभियानबारे जानकारी गराएका थिए ।