नयाँ गठबन्धनबाट मन्त्री बन्नेहरुको शपथ ४ बजेपछि

Jhalkonepal

काठमाण्डौं, फागुन २१

नयाँ गठबन्धनबाट मन्त्री बन्नेहरुको आज दिउँसो ४ बजे पछि सपथ ग्रहण हुने भएको छ । माओवादी, एमाले, रास्वपा गठबन्धनका एक नेताका अनुसार नयाँ गठबन्धनबाट मन्त्री हुनेहरुको नाम निश्चित भएपछि प्रधानमन्त्ती प्रचण्डले आजै राष्ट्रपतिलाई भेट्नु भएको थियो । नयाँ गठबन्धनबाट प्रधानमन्त्ती प्रचण्डको नेतृत्वमा सानो मन्त्रीमण्डल गठन हुनेछ । जसमा रास्वपाका डिपि अर्याल, एमालेका पदम गिरी र माओवादीका हितमान तामांगले सपथ लिनेछन । गठनबन्धनमा मन्त्रीको टुंगो लागेपछि प्रधानमन्त्री  प्रचण्ड राष्ट्रपति निवास पुग्नु भएको हो । नयाँ मन्त्रीमण्डलको सपथ ग्रहणको लागि तयारी भइरहेको ती नेताले बताए । 

नयाँ गठबन्धनको बैठक अहिले केही बेरमा बालुवाटारमा शुरु हुदैछ । सो बैठकले नयाँ गठबन्धनको आधारपत्र सार्वजनिक गर्ने माओवादी केन्द्रका एक नेताले बताएका छन । 

प्रतिक्रिया