सुनसरी, फागुन २८
दशगजामा सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण हेड क्वार्टर सुनसरी र भारतीय समकक्षी एसएसबि ४५ बटालियन वीरपुर बिच मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भएको छ ।
सीमावासीसँग सशस्त्र प्रहरी बल नेपाल कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण हेड क्वार्टर सुनसरीले विविध गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सोही क्रममा यस अघि नै सीमा पैदल यात्रा तथा अन्तर्क्रिया कार्यक्रम,संयुक्त सीमा गस्ती, सीमा स्तम्भहरूको मर्मत सम्भार तथा रंगरोगन कार्यक्रम सञ्चालन भई सकेको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल र समकक्षी भारतीय सुरक्षा निकाय एसएसबी सँग सुमधुर सम्बन्ध र भातृत्व भाव कायम रहोस् भन्ने हेतुले मैत्रीपूर्ण भलिबल खेल आयोजना गरिएको बताइएको छ । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ६ यादव टोल स्थित नेपाल भारत सहायक सीमा स्तम्भ नम्वर २०२/१ wp ८१ नजिकै दशगजामा सो खेल सम्पन्न भएको हो ।

आज
सम्पन्न खेलमा भारतीय समकक्षी एसएसबी ४५ बटालियन ३-१ सेटले विजय भएको छ । सो खेलमा
नेपालतर्फबाट सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य सहित
सुरक्षा समितिका अन्य पदाधिकारीहरू,
स्थानीय निकाय अन्तर्गत कोशी गाउँपालिका
वडा नम्बर ६ का वडा अध्यक्ष तथा भारतर्फबाट जिल्ला सुपौलका सहायक डीएम नीरज
कुमार, एसएसबी ४५ बटालियनका कमाण्डेण्ट गौरभ सिंह, वीरपुर
नगर पञ्चायत का वडा प्रमुखहरू तथा स्थानीय सीमावासीहरूको उपस्थिति रहेको प्रवक्ता
थापाले बताउनु भयो ।