नेपालगञ्ज ,असाेज २३
नेपालगञ्जमा विगत एक सातादेखि जारी कर्फ्यू र निषेधाज्ञा हटाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना निकालेर बिहान ४ बजेदेखि कर्फ्यू र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको जानकारी िदनुभएकाे छ ।
नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाएको थियो।
२२ असोज २०८०, मङ्गलबार ०१:४५ मा प्रकाशित