विराटनगर , चैत्र १
आगामी वैशाख १५ गतेका लागि
तोकिएको इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पहिचानवादीको तर्फबाट
डकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवार उठाउने निर्णय गरेका छन् ।
प्रदेश नम्बर १ पुन नामकरण
संयुक्त सङ्घर्ष समितिमा रहेका विभिन्न घटकहरूको काठमाण्डौमा भएको बैठकले
आन्दोलनरत प्रमुख घटकका अध्यक्ष समेत रहेका थेगिमलाई उप निर्वाचनमा उम्मेदवार
बनाउने निर्णय गरेको हो । उनी पहिचान सहितका प्रदेश नम्बर १
पुन नामकरण अभियान समितिका संयोजक समेत हुन् । उनी किराँत धर्म तथा
साहित्य उत्थान सङ्घका अध्यक्षको हिसाबले लामो समयदेखि किराँत धर्म तथा साहित्य ,
उत्थानका लागि काम गर्दै आएका थिए ।
प्रदेश सभाले अघिल्लो फागुनको १७
गते प्रदेशको नाम कोशी राखेसँगै सुरु भएको आन्दोलनको थेगिमले नेतृत्व गर्दै आएका
थिए । पहिचानका आधारमा प्रदेशको नामकरण हुनु पर्ने माग राख्दै आन्दोलन गर्दै आएको
प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिले इलाम क्षेत्र नम्बर २ को उप
निर्वाचनमा पहिचान पक्षधरहरूका तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरेको थियो ।
आन्दोलनरत सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिंदेनले सर्वसम्मत थेगिमलाई उम्मेदवार बनाउने निर्णय भएको बताए । उनले भने हामीले स्थानीयलाई प्राथमिकतामा राखेका हौ । उहाँ सोही निर्वाचन क्षेत्रको पनि हो र पहिचानको आन्दोलनमा उहाँको भूमिका पनि छ ।
थेगिम किराँत धर्म गुरु आत्मानन्द
लिंदेनका प्रमुख सहयोगीका रूपमा चिनिन्छन् । इलामको मांसेवबुंग घर
भएका थेगिमलाई उम्मेदवार बनाउन सके पहिचान पक्षधरहरूको मत आउने आन्दोलनरत पक्षेको
विश्वास रहेको छ ।