विश्वकप क्रिकेटको समुह चरणका खेल सकिए

Jhalkonepal


खेलकुद, कार्तिक २६

समुह चरणको अन्तिम खेलमा भारतले १६० रनको जित हासिल गरेको छ । ४११ रनको लक्ष्य पछ्याउन आएको नेदलैण्डलाई ४७.५ ओभरमा २५० रनमा अल आउट गरि भारतले जित हासिल गरेको हो । नेदरलैण्डका निदमानुरुले सर्वाधिक ५४ रन बनाए । यस्तै सेब्रान्ड इंगेलब्रेटले ४५, कोलिन एक्रमेनले ३५ तथा मेक्स ओडोडले ३० रनको योगदान गरे । 

भारतले आज ९ जना बलरको प्रयोग गरेको थियो । भारतका जसप्रित बुमराह, मोहम्मद सिराज, कुलदिप यादप र रविन्द्र जडेजाले २,२ विकेट लिए भने विराट कोहली र कप्तान रोहित शर्माले १,१ विकेट हात पारे । 

यसअघि भारतले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ४१० रन बनायो । भारतको लागि के एल राहुल र श्रेस एैयरले सतक प्रहार गरे । श्रेस एैयरले नट आउट १२९ रन बनाए भने के एल राहुल १०२ रन बनाएर आउट भए । ओपनर रोहित शर्माले ६१ तथा शुभमन गिलले ५१ र विराट कोहलीले ५१ रन बनाए । 

नेदरलैण्डका लागि वास दे लिदेले २ विकेट लिए । यसै गरि भान डेर मार्वे र मिकेरनले १,१ विकेट लिए । 


प्रतिक्रिया