टी-२० विश्वकप क्रिकेट प्रतियोगिताकाे पहिलाे खेलमा अमेरिकाले टस जित्याे

Jhalkonepal

काठमाडौं , जेठ २०

टी-२० विश्वकप क्रिकेट प्रतियोगिताकाे पहिलाे खेलमा अमेरिकाले टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दिएको छ ।

आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आइतबार बिहान आयोजक अमेरिका र क्यानडा भिड्दै छन् ।

टी-२० विश्वकपको नवौँ संस्करणको पहिलो खेल आइतबार बिहान सुरु हुन लागेका हुन् । यो खेल आइतबार बिहान ६: १५ बजे अमेरिकाको डालासमा हुँदैछ ।

आइतबार नै दोस्रो खेलमा अर्को आयोजक राष्ट्र वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएसजी)ले प्रतिस्पर्धा गर्दैछन् । नेपाली समय अनुसार दोस्रो खेल साँझ ८:१५ बजे सुरु हुनेछ ।

आजदेखि विश्वकपका खेल सुरु भए पनि नेपालले मंगलबार मात्र पहिलो खेल खेल्नेछ ।

 

प्रतिक्रिया