काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा सुन तोलामा रु ९०० र चाँदी रु ५५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु दुई लाख ८७ हजार १०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ५०० कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५५५ प्रतितोला भएको थियो ।
२३ असार २०८३, बुधबार ०२:१४ मा प्रकाशित