काठमाण्डौं, बैशाख १६
आइपिएल २०२४ अन्तरगत हिजो राती भएको खेलमा राजस्थान रोयल्यसले लखनउ जोयन्टसलाई ७ विकेटले पराजित गरेको छ । लखनउले दिएको १९६ रनको लक्ष्य राजस्थानले १९ ओभरमै ३ विकेटको क्षतिमा पुरा गर्यो ।
राजस्थान रोयल्सका कप्तान सन्जु सेम्सनले ३३ बलमा नट आउट ७१ रन प्रहार गरे । यस्तै ध्रुब जुरेलले ५२ रन बनाए भने ओपनर जोस बटलर ३४ र यसस्वी जयशवाल २४ रन बनाएर आउट भए । लखनउका अमित मिश्रा, मार्कस स्टोनिस र यस ठाकुरले १,१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिंग गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । लखनउका लागि कप्तान के एल राहुलले ७६ र दिपक हुड्डाले ५० रन बनाए भने आयुस बदोनी १८ र कुर्णाल पाण्ड्याले १५ रनको योगदान गरे । राजस्थानका संदिप शर्माले २ विकेट लिए भने ट्रेन्ट बोल्ट, आवेश खान र रविचन्द्रन आश्विनले १,१ विकेट लिए ।
जितसंगै राजस्थान रोयल्स अंक तालिकामा १६ अंकका साथ शिर्ष स्थानमा कायम रहेका छ । राजस्थानले खेलेको ९ खेलमा एकमा मात्र हार ब्यहोरेको छ । लखनउ भने १० अंकका साथ चौथो स्थानमा छ । लखनउले ९ खेलमा ५ मा जित र ४ मा हार ब्यहोरेको छ ।
आइपिएलमा आज गुजरात र बेग्लोरका विच खेल हुनेछ ।