सिरियामा हवाई हमला, इरानका सैन्य कमाण्डरसहित ७ जनाकाे मृत्यु

Jhalkonepal

काठमाडौं , चैत २० 

सिरियाको राजधानी दमास्कसमा  आक्रमण हुँदा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इरानको कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमी लगायत रहेको बीबीसीले जनाएको छ । मोहम्मद रेजा जाहेदी इरानका शीर्ष कमाण्डरमध्येका एक हुन् ।

सोमबार भएको यो आक्रमण कसले गरेको हो भन्ने खुलेको छैन । इरान र इजरायलबीच यस प्रकारको हत्याको इतिहास भए पनि इजरायलबाट हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । 

प्रतिक्रिया